चुनौतीको घेरामा नेता – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

चुनौतीको घेरामा नेता

काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि मतदाता रिझाउन दल र उम्मेदवारलाई चुनावको चटारो छ । यहीबीचमा प्रमुख दलहरू भने मुद्दा, कार्यशैली, विधि र पद्धति जस्ता विषयमा विचलित देखिदै गएका छन् ।

जनताको असन्तुष्टिप्रति बेखबर छैनन् तर सत्ता मात्रै केन्द्रमा हुँदा आफ्नो कार्यशैली सुधार्ने र जनहितमा काम गर्न ध्यानै देखिन्न । त्यही कारण दलहरूले चुनावै बेला एकपछि अर्को चुनौती चिर्नुपर्ने देखिन्छ ।

२०७४ को चुनावबाट पहिलो दल बनेर सत्ताको भागडोर सम्हालेको नेकपा एमालेमाथि आरोपका चाङ लागेपछि अब के हुन्छ ग्यारेन्टी छैन । संविधान मिचेको, २ पटक प्रतिनिधि सभा विघटन गरेको र नेतृत्व निरंकुश भएको अपजस खेपिरहेको छ ।

दुईतिहाईको सरकार टिकाउन नसकेको, सरकारमा छँदा भ्रष्ट्राचार र बेथितिका काण्डै काण्डमा मुछिएको आरोप छ । सत्ता गठबन्धनको चेपुवामा परेको एमालेको पार्टी फुटले धरातल खस्किदै गएको स्थानीय चुनावकै नतिजाले देखाएको छ ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७९ कार्तिक १०, १०: १०

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०७९ कार्तिक १०, १०: १०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
  • २०७९ कार्तिक १०, १०: १०

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...