काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने

नयाँ विकल्प,

काठमाडौं – काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने जनाइएको छ । रानी पोखरीमा पुनर्निर्माणका क्रममा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकोले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको जनाइएको छ । पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन ।

मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटीकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्वय महानगरले गरेको प्रवक्ता नवीन मानन्धरले बताए । रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको आलोचना गर्दै आएको छ । तर प्रवक्ता मानन्धरले रानी पोखरीमा छठ मनाउन भनेर नै मेयर बालेन साहसहितको बैठक बसेको र तयारी पनि गरिएको तर प्राविधिक समस्या देखिएका कारण रानीपोखरी खुल्ला नगर्ने निर्णय गर्नु परेको बताए ।

सम्बन्धित समाचार

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७९ कार्तिक ११, १८: २४

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ११, १८: २४

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७९ कार्तिक ११, १८: २४

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...