
नयाँ विकल्प,
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका रामेछाप पकरबास निवासी रोशन बुडाथोकीसहित ५१ जनालाई कांग्रेसका युवा नेता प्रदीप पौडेलले स्वागत गरेका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथि कांग्रेस रामेछापका सभापति लब न्यौपाने, पूर्वअध्यक्ष रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका थिए ।
नेपाली काग्रेस रामेछाप सम्पर्क समितिका सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा बिहीबार राजधानमीमा भएको सो कार्यक्रममा नेकपाका यूवा नेता रोशन बुडाथोकीसहित कृष्णहरि खड्का, अमित कार्की, हेम बहादुर कार्की, तुला बहादुर कार्की, निल थापामगर र कृष्ण श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् ।
सो अवसरमा मोहन कुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदम बहादुर मोक्तान, पाशाङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोज बहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योञ्जन, सुरेन्द्र पण्डित र गण्ेश पण्डित पनि औपचारिक रुपमा कांग्रेसमा प्रवेश गरे ।
नेकपा त्यागेर कांग्रेस प्रवेश गर्नेमा राजकुमार थामी, रबिन मोक्तान, अम्बर मगर, मीन मगर, डम्बर मगर, मीन बहादुर मगर, प्रदीप मगर, मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसी लगायत रहेका छन् ।
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...