कोभिड–१९ महामारी नियन्त्रणको रणनीति बनाइँदै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कोभिड–१९ महामारी नियन्त्रणको रणनीति बनाइँदै

नयाँ विकल्प

काठमाडौं- कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा कोभिड महामारी नियन्त्रणका लागि कसरी संयन्त्रलाई चुस्त र प्रभावकारी ढङ्गले परिचालन गर्ने भन्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शनिबार बसेको सिसिएमसीको बैठकमा महामारीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे छफफल भएको बुझिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको सो बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रधानसेनापति, सिसिएमसीका प्रमुख बालानन्द शर्मा र विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो।

नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। बढ्दो महामारी नियन्त्रण गरी जनजीवनलाई सामान्य तुल्याउने सन्दर्भमा बैठकमा छलफल भएको सिसिएमसीका एक अधिकारीले जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन तीन हजार ६११ जना सङ्क्रमित थपिएका छन् भने २७ जना सङ्क्रमितको मृत्यु भएको छ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण १७, ०७: ३७

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण १७, ०७: ३७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण १७, ०७: ३७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...