मधेशी क्लस्टर मत परिणाम, चर्चित उधोगपति चौधरी लगाएत निर्वाचित – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper
मधेशी क्लस्टरका ५ खुला र ४ महिला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

मधेशी क्लस्टर मत परिणाम, चर्चित उधोगपति चौधरी लगाएत निर्वाचित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गरेको छ ।

सार्वजनिक मतपरिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२, विनोद चौधरी दुई हजार २०६, चन्द्रमोहन यादव दुई हजार १३८, महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

निर्वाचित सदस्य चन्द्रमोहन यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका छोरो हुन् । त्यस्तै विनोद चौधरी प्रसिद्ध उद्योगपति हुन् ।

काँग्रेस विधानमा मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार निर्वाचनमा २३ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

काँग्रेस विधानअनुसार मधेशी महिलातर्फ ४ सिटका लागि पाँच जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सार्वजनिक मत परिणाममा मुक्ताकुमारी यादव तीन हजार ९६९मत, मिनाक्षी झा तीन हजार १२ मत, मञ्जुकुमारी यादव दुई हजार ८८३ मत र नागिना यादव दुई हजार ८४६ मत ल्याएर निर्वाचित भइन् ।

गत मङ्सिर २७ गते काँग्रेस केन्द्रीय पदाधिकारीसहित १३४ सिटका लागि भएको थियो । सोही निर्वाचनको अहिलेसम्म ७२ जनाको मत परिणाम सार्वजनिक भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ पुष ६, १७: ५०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ पुष ६, १७: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ पुष ६, १७: ५०

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...