
नयाँ विकल्प,
काठमाडौं – निर्वाचन आयोग र कानून मन्त्रालयबीच छलफलमा रहेको निर्वाचन आचारसंहिता चाडै प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताए ।
सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको बताएका हुन् । आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको र पास भएपछि राजपत्रमा प्रकाशित हुने उनले बताए । आयोगले निर्णय गरेदेखि नै आचारसंहिता लागु हने पौडेलको भनाइ छ ।
यसमा दलहरुले पनि आचारसंहिताको पालना गर्नुपर्छ । निर्वाचन भड्किलो बनाउनुहुँदैन भन्ने कुरालाई सवैले स्वीकार गर्नुपर्छ’, प्रवक्ता पौडेलको भनाइ छ ।
आयोगले कतिपय निर्वाचन सामग्री नेपालमा उत्पादन नहुने भएकाले ति सामग्री बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको पनि जनाएको छ । ‘स्वस्तिक छाप यहाँ उपलव्ध हुन्न । त्यसकारण त्यस्तो चिज बाहिरबाट ल्याउनुपर्ने हुन्छ’, प्रवक्ता पौडेको भनाइ छ ।
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...