
नयाँ विकल्प,
काठमाडौं – नेपाल दलित संघको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबारदेखि रूपन्देहीको बुटवलमा गर्ने तय भएको नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको पाँचौं महाधिवेशन स्थगित भएको हो ।
संघका अनुसार अब महाधिवेशन मिति स्थानीय चुनावपछि तय गरिने बताइएको छ । स्थानीय चुनाव वैशाख ३० मा तोकिएको र पार्टीले पनि चुनाव केन्द्रित अभियान चलाएकोले महाधिवेशन स्थगित गरिएको हो ।
संघले सबै तहको अधिवेशन सम्पन्न भई केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको थियो। फागुन ३ मा कांग्रेस कार्यसम्पादन समिति बैठकले नेपाल दलित संघको सबै जिल्ला अधिवेशन सम्पन्न भई महाधिवेशनको तयारीमा रहेकाले चैत ७ देखि ९ सम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो।
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...