बानियाँको नेतृत्वमा बागमती प्रदेशमा काँग्रेसले थाल्यो चुनाव जित्ने रणनीति – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper
चुनावी रणनीति तयार गर्दै तेस्रो पूर्ण बैठक सम्पन्न

बानियाँको नेतृत्वमा बागमती प्रदेशमा काँग्रेसले थाल्यो चुनाव जित्ने रणनीति

हेटौडा । नेपालको संविधान २०७२ जारी भएसंगै देश संघीय शासन पद्धति अवलम्बन गर्दै २०७४ सालमा स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भएको थियो । संघीयतासंगै नेपाली काँग्रेसको विधानअनुसार काँग्रेसले पहिलो पटक प्रदेशको संरचनामा प्रवेश गरेको हो । संघीयता पछिको नेपाली काँग्रेसले १४आंै महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गरेको थियो । १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनबाट ईन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमती प्रदेश कार्यसमिति निर्वाचित भएको थियो ।

विभिन्न निर्णय गर्दै पहिलो पूर्ण बैठक हेटौडामा सम्पन्न भएको थियो भने दोस्रो पूर्ण बैठक सिन्धुपाल्चोकको सुकुटेमा बसेर अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा जनतामा परेको भ्रम चिर्ने र स्थानीय निर्वाचनसंगै प्रदेश, संघीय निर्वाचनमा नेपाली काँग्रेसलाई एक नम्बर पार्टी बनाउँन आफ्ना गतिविधि अगाडी बढाउने लगायत जनताका समस्याहरुको पहिचान गर्दै काँग्रेसको पक्षमा जनमत तयार गर्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई निर्वाचनमा होमिने आग्रह गरेको थियो ।

केन्द्रीय कार्यालयको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यालय, कार्यसमितिको तेस्रो बैठकलाई सम्बोधन र एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन एक समारोहबीच गरेका थिए ।
नेपाली काँग्रेसका प्रभावशाली नेता प्रमुख अतिथि प्रकाशमान सिंहले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर बनाउँन घर दैलो अभियानलाई तीव्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए । निर्वाचन केन्द्रीय चुनावी कार्यक्रमहरुमा मतदाताको घर–घरमा पुगेर उनीहरुको सुख दुःखमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गरेर उनीहरुका समस्या समाधान गर्ने प्रतिवद्धता गर्न सके मात्र जनताको विश्वास र मत दुवै प्राप्त हुने नेता सिंहले उक्त कार्यक्रममा बताएका थिए ।

त्यसैगरी कार्यसमितिको तेस्रो पूर्ण बैठक नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको केन्द्रीय कार्यालय हेटौडामा उद्घाटन गरिएको थियो भने उक्त उद्घाटनपछि एक दिने प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको थियो । उक्त प्रशिक्षण कार्यक्रम डा. गोविन्द पोखरेल र रामबहादुर लामाले प्रदेश स्तरिय नेता तथा कार्यकर्ताहरुलाई दिएका थिए ।

कार्यक्रमको सभापति ईन्द्रबहादुर बानियाँले जनताको न्याय र सेवाको लागि राजनीति गर्नुपर्ने बताए । पदलोलुप नभइ पद्धति बसालेर राजनीति गर्दा राम्रो हुने बताउँदै जीवन निर्वाह गर्न कानून नियममा रहि आफुले जानेका काम गर्दै नेपाली काँग्रेसलाई एक नम्बर पार्टी बनाउँन आफ्नो जिम्मेवारीका साथ लाग्न सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । त्यसैगरी सभापति बानियाँले आगामी दिनहरुमा बागमती प्रदेशमा नेपाली काँग्रेसको सरकार बनाउँन प्रदेश कार्यसमितिले विभिन्न रणनीतिहरु बनाउँदै निर्वाचनलाई परिणाममूखी बनाउन आफु अगाडी बढेको बताए । कार्यक्रममा आफू पुनः प्रदेशको सभापतिमा नदोहोरिने समेत उद्घोष गरे ।

बागमती प्रदेशका १३ जिल्लामा नेपाली काँगे्रसले प्रदेशलाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा बलियो बनाउँन आफ्ना रणनीतिहरु अगाडी सारेको बताउँदै प्रदेशका करिब ६१ लाख जनसंख्यामा नेपाली काँग्रेस लोकप्रिय रहेको समेत दाबी गरे ।
प्रदेश कार्यसमितिको कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रमपछि बसेको बागमती प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठकले विधानको धारा १३(९) बमोजिम २०७८ साल फागुन २६ गते बसेको प्रदेश कार्यसम्पादन समिति बैठकका नियर्णहरु अनुमोदन गरेका छ जसअनुसार विधानको धारा १३(६) को ‘झ’ बमोजिम प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कार्यसमितिमा मनोनयन गरेका सदस्यहरु निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलक प्रसाद रुवाली धादिङ्ग, छिरिङ्ग दोर्जे लामा काठमाडौं, अर्जुन प्रसाद न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौ, गौरी प्रसाद दवाडी काठमाडौं, रमेश कुमार वखती ललितपुर, हरिहर अधिकारी काठमाडौं, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा, भगवती कुमारी खड्का काठमाडौंलाई बागमती प्रदेश कार्यसमितिमा मनोनयन गरिएको हो ।

पूर्ण बैठकमा कार्यसमिति सभापति बानियाँले विधानको धारा १३(११) बमोजिम कानून तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ काठमाडौं, प्रदेश तथा स्थानीय निकाय विभागमा उपेन्द्र लम्साल रसुवा, भातृसंस्था समन्वय विभागमा प्रज्ज्वल दवाडी चितवन, पेशागत तथा वुद्धिवीवी विभागमा प्रा.डा. केशवभक्त सापकोटा चितवन, भाषा, साहित्य कला संस्कृति विभागमा धनकुमारी थापा ‘सरु’ नुवाकोट, शिक्षा विज्ञान तथा प्रविधि विभागमा रमेश कुमार बखती ललितपुर, स्वाथ्य विभागमा डा. अमितसिंह कार्की धादिङ, गैर सरकारी संस्था तथा सामाजिक सेवा विभागमा रुकु अधिकारी चितवन, उद्योग व्यापार वाणिज्य तथा आपूर्ति विभागमा निर्मला पण्डित चितवन, युवा तथा खेलकुद विभागमा राजिवराज पौडेल ललितपुर, ट्रेड युनियन तथा श्रमिक विभागमा भगवती कुमारी खड्का काठमाडौं र वैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ्ग काठमाडौंलाई विभाग संयोजकमा मनोनय गरेको गरेको छ ।

त्यसैगरी पूर्ण बैठकले नियमावलीको धारा ३४(ख) बमोजिम प्रदेश कार्यसमिति सदस्य कृष्णकुमार श्रेष्ठ (सिन्धुली)लाई लेखा समिति संयोजक तोकेको छ भने नेपाली काँग्रेसको विधान ३४(५)को ‘ख’ बमोजिम सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सदस्यहरुमा चम्फुरत्न लामा (मकवानपुर) र तारादेवी दुलाल पन्त (ललितपुर)रहेका छन् । विधानको घारा १३ (६) को घ बमोजिम सभापति बानियाँले कार्यसमिति सदस्य दीर्घमान श्रेष्ठलाई कोषाध्यक्ष पदमा प्रस्ताव गरे बमोजिम कार्यसमितिले सर्वसम्मत अनुमोदन गरेको छ ।
त्यसैगरी विधानको धारा १३(८) को ख बमोजिम कार्यसम्पादन समिति सदस्यहरुमा प्रभात तामाङ्ग (रसुवा), सन्तबहादुर प्रजा (मकवानपुर), प्रमोद रिमाल (नुवाकोट), ईन्द्रमान महर्जन (काठमाडौं), तारा गुरुङ्ग (चितवन), कैलाश कोइराला (चितवन), गंगा दाहाल (सिन्धुली), अर्जुन उप्रेती (धादिङ), नातिकाजि कार्की (काठमाडौं), सरु बानियाँ (भक्तपुर), विबश कुमार वाइबा (सिन्धुली), जितबहादुर मगर (रामेछाप), चित्र बहादुर कार्की (दोलखा), महान अर्याल (ललितपुर), डा. भगवान खड्का (काठमाण्डौं), लक्ष्मी महर्जन (ललितपुर)लाई थप्ने निर्णय गरेको छ ।

बैठकले विधानको धारा ३१(१) ग को ३ बमोजिम प्रदेश कार्यसमिति सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सदस्यहरुबाट जगदीश नरसिंह केसी (नुवाकोट), लामा कार्पु तामाङ (रसुवा), तिलक प्रसाद रुवाली (धादिङ), दीपेन्द्र आचार्य (काठमाडौं), भद्रा भण्डारी (काठमाडौं), कृष्णलाल भँडेल (भक्तपुर), निमा लामा (सिन्धुपाल्चोक), छिरिङ्ग दोर्जे लामा (काठमाडौं) र अर्जुन न्यौपाने (नुवाकोट)सहितको बागमती प्रदेश संसदीय समिति समेत गठन गरेको छ ।

त्यसैगरी कार्यसम्पादन समितिमा ईन्द्रबहादुर बानियाँ (मकवानपुर), चन्द्र महर्जन (ललितपुर), मोहनबहादुर बस्नेत (काठमाण्डौं), कन्चनचन्द्र बादे (काभ्रे), राजु श्रेष्ठ (काठमाडौं), दीर्घमान श्रेष्ठ (चितवन), ऋषिराम घिमिरे (ललितपुर), जीवन डंगोल (काठमाडौं), हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), जगदीश्वर नरसिंह के.सी (नुवाकोट), लामाकार्पु तामाङ्ग (रसुवा), चित्रबहादुर कार्की (दोलखा), सरु बानियाँ (भक्तपुर), कल्पना खड्का (रामेछाप), जितबहादुर मगर (रामेछाप), बलबहादुर दमाई (रामेछाप), सन्तबहादुर प्रजा (मकवानपुर), प्रमोद रिमाल (नुवाकोट), मसिना खड्का भण्डारी (सिन्धुपाल्चोक), गंगा दाहाल (सिन्धुली), विवशकुमार वाईबा (सिन्धुली), तारा गुरुङ (चितवन), महान अर्याल (ललितपुर), लक्ष्मी महर्जन (ललितपुर), ईन्द्रमान महर्जन (काठमाडौं), नातिकाजी कार्की (काठमाडौं), डा. भगवान खड्का (काठमाडौं), दीपेन्द्र आचार्य (काठमाडौं), अर्जुनप्रसाद उप्रती (धादिङ) रहेको कार्यसम्पादन समिति समेत गठन गरेको महामन्त्री कच्चन चन्द्र बादेले विकल्पलाई बताए ।

त्यसैगरी बागमती प्रदेश संसदीय समितिमा सभापति ईन्द्रबहादुर बानिया, उप–सभापतिहरु चन्द्र महर्जन, मोहनबहादुर बस्नेत, महामन्त्रीहरु कन्चनचन्द्र बादे, राजु श्रेष्ठ, कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, जीवन ढंगोल, हरिशरण श्रेष्ठ र सदस्यहरु जगदिश्वर नरसिंह केसी, लामाकार्पु तामाङ्ग, कृष्णलाल भँडेल, अर्जुन प्रसाद न्यौपाने, निमा लामा, भद्रा पराजुली भण्डारी, दीपेन्द्र आचार्य, छिरिङ्ग दोर्जे लामा र तिलक प्रसाद रुवाली रहेका छन् ।

यसरी काँग्रेसको विधान र प्रदेशको अधिकारअनुसार बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाले माथिका नेताको आग्रह पूर्वाग्रह कुनै नराखी, आदेश समेत नपर्खी पहिलो पटक विधान कार्यान्वयन गर्ने प्रदेश सभापतिहरुमा संभवत पहिलो नै देखिएका छन् । जसले विधानअनुसार बनेका समितिहरुलाई तत्काल पूर्णता दिएका छन् । सबै दुःख पाएका नेताहरुलाई समेट्ने कामले सिंगो बागमती काँगे्रसमा नयाँ तरङ्ग उत्पन्न भएको कुरा एक नेताले विकल्पलाई बताए ।

बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडामा केन्द्रीय कार्यालय र केन्द्रीय सरकारको राजधानी काठमाडौं नजिक ललितपुरमा कार्यालय एकचोटी सञ्चालनमा ल्याएर केन्द्रीय नेताहरुको समेत ध्यान केन्द्रीत गर्न बागमती प्रदेश सफल भएका छ । केन्द्रीय राजधानी नजिकैको बालकुमारीमा रहेको कार्यालयमा पनि निकै चहलपहल बढेको छ भने सोमबार कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठक राखेर भावी चुनावी रणनीतिक तय गर्ने बुझिएको छ ।

सम्बन्धित समाचार

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७८ चैत्र १३, १९: २१

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७८ चैत्र १३, १९: २१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...

गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध
  • २०७८ चैत्र १३, १९: २१

काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...