काठमाडौं । सरकारले आइतबारदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाली बजारमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दाबी गरेको छ । निगमका अनुसार राजधानीमा प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँको दरले बढेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य ११०, डिजेल र मट्टीतेलको मूल्य ९७ र ९७ रुपैयाँ कायम गरिएको बताए । उक्त मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ । यसअघि पेट्रोल प्रतिलिटर १०८, डिजेल ९५ र मट्टीतेल ९५ रुपैयाँ रहेको थियो । खाना पकाउने एलपी ग्याँस, हवाई अन्तरिक र बाह्रय दुवै इन्धन यथावत रहेको उनले जानकारी दिए । मूल्य समायोजनपश्चात निगमलाई पाक्षिक रुपमा हाल एक अर्ब १६ करोड रुपैयाँ नाफा हुने गरेको छ ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका...