
नयाँ विकल्प,
काठमाडौं – निर्वाचन आयोगले विभिन्न कारण देखाई काम नगर्ने भनेका ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको जनाएको छ । स्थानीय तह निर्वाचनका लागि यसअघि नियुक्त गरिएका ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको आयोगको भनाई छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगको बिहीबारको बैठकमा यसको जानकारी गराएका हुन् । आयोगको चैत २३ को निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतहरूलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नै नयाँ नियुक्त दिइएको उनले बताए । नयाँ ७१ ज्ना यसअघि आएका नामबाट नै छनोट गरिएका छन् ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...