निर्वाचन आचारसंहिता सबैले पालना गराैंः प्रधानमन्त्री देउवा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

निर्वाचन आचारसंहिता सबैले पालना गराैंः प्रधानमन्त्री देउवा

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयत तह निर्वाचनको आचारसंहिता लागु भइसकेको अवस्थामा पालना गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेको र निर्वाचनको तयारी तीव्र गति भइरहेकाले आचारसंहितालाई ध्यान दिन अनुरोध गरेका हुन् ।

विभिन्न शक्तिहरु गठबन्धन सरकार र चुनावी गठबन्धनका विरुद्ध लागेको बताउँदै आगामी दिनमा सरकारी कार्यक्रमहरु सञ्चालन गर्दा आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने र यसको पालना भए नभएको बारेमा सचेत रहनु पर्ने प्रधानमन्त्री देउवाको भनाई छ । केही परिर्वतन विरोधी शक्तिहरु निर्वाचन भाड्ने कार्यमा संलग्न रहेको बताउँदै निर्वाचन हुन्छ दुविधामा नपर्न आग्रह गरे ।

त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी बर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने र व्यवस्थित शहरीकरणमा देखिएका समस्या तथा चूनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी बिकास र शहरी प्रणालीको बिकास गर्नुपर्ने बताए । पछिल्लो क्रममा काठमाडौं उपत्यकामा देखिएको फोहर व्यवस्थापन समस्यालाई समाधान गर्न सरकारले फोहरबाट ऊर्जा उत्सर्जनमा ध्यान दिइरहेको छ भने यसको महत्वपूर्ण भूमिका मन्त्रालयले खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्प कमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई नरुचाउनेहरुले कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरत गरिरहेको आरोप लगाउँदै विकास निर्माणसम्बन्धी कानून बनाउदा मुलकमा भएका परिवर्तनलाई सम्बोधन गर्न जरुरी रहेको उल्लेख गरे । शहरलाई व्यवस्थित गर्ने सन्दर्भमा भएका कमीकमजोरीको समिक्षा गर्दै त्यस्ता कमीकमजोरीहरुलाई पुनः दोहो¥याउन नहुने बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मुलुकको विकासमा नयाँ खाका अनुसार पूर्णता दिनुपर्ने बताउँदै समग्र देशको विकासका लागि दिर्घकालिन नीति बताउँनु पर्ने बताए ।

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय शहरी नीति, शहरी विकास ऐनका बिषयमा सरोकारवाला सवैसंग सुझाव लिएर मन्त्रालयले आफ्नो कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

हेर्नुहाेस् भिडियाे…

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ चैत्र २९, १४: ०३

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
  • २०७८ चैत्र २९, १४: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...

केसी र  महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
  • २०७८ चैत्र २९, १४: ०३

काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...