
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका विविध पक्षहरुबारे छलफल गर्न बैठक बसेको स्रोतले बताएको हो ।
विशेष गरी बैठकमा गठबन्धनका उम्मेदवार जिताउने र चुनावी तालमेलको मापदण्ड बनाउनेबारे छलफल केन्द्रित हुने बताइएको छ । यसअघि सोमबार बसेको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउँन सत्ता गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरूले संयुक्त अपिल जारी गरेका थिए । विभिन्न जिल्लाहरु आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनमा सहकार्य र एक आपसमा परस्पर सहयोग गरी अगाडी बढ्न निर्देशनसमेत दिएका थिए ।
सत्ता गठबन्धनले चुनावी तालमेलको निर्णय गरे पनि चुनावी तालमेलको मोडालिटी कस्तो हुृने भन्ने बारे केही निर्णय भएको छैन । देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न नेताहरुको आग्रह छ ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...