जीतपुर सिमरा उपमहानगरमा गठबन्धन गर्दैनौंः काँग्रेस उपमहानगर कमिटि – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper
विभिन्न स्थानीय तहहरूमा गठबन्धनबीच किचलाे

जीतपुर सिमरा उपमहानगरमा गठबन्धन गर्दैनौंः काँग्रेस उपमहानगर कमिटि

बारा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन निजिकिदै जाँदा गठबन्धनका दलहरुभित्र विभिन्न स्थानीय तहहरु पेचिलो बन्दे गएका छन् । चितवन, रोल्पा, पर्सा र बारामा गठबन्धनका शीर्ष दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच किचलो सुरु भएको हो । काँग्रेस केन्द्रीय कार्यसमितिले औचित्य र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेसंगै सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन संयन्त्रको गठन गरेको छ । गठबन्धनका दलहरुले केन्द्रीय संयन्त्रको मातहतमा रहने गरि जिल्ला जिल्लामा उक्त संयन्त्र गठन गरेका छन् ।

केही जिल्लाहरुमा ती संयन्त्रहरुले गठबन्धन गर्ने निर्णय गरेका छन् भने केही स्थानमा चुनावी तालमेल पेचिलो बन्दैछन् । नेपाली काँग्रेसका केही नेताहरुले आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्ने निर्णय भएकाले यसलाई गलत तरिकाले नबुझ्न सुझाई रहेका छन् । स्थानीय पार्टी कमिटिलाई गठबन्धन गर्ने नगर्ने अधिकार भएको हुँदा जिल्ला, प्रदेश र केन्द्रले गठबन्धन गर्नै पने बाध्यता नथुपार्ने बताइरहेका छन् ।

यसैबीच चितवनको भरतपुर महानगरपालिका काँग्रेसका वडा सभापतिहरुले गठबन्धन नगर्ने बताइरहेका छन् भने गठबन्धन गर्ने भए काँग्रेसले मेयरको दाबी गर्ने गरी निर्णय गर्दै पार्टी जिल्लामार्फत प्रदेश र केन्द्रलाई पठाएका छन् । यस्तै रोल्पा काँग्रेसले पनि आफ्ना विभिन्न रणनीतिको मूल्याङ्कन गर्दै आफुले भने जति सिट नपाए गठबन्धन नगर्ने निर्णय गरिसकेको छ ।

यता, पर्साको वीरगञ्ज महानगरपालिकामा केन्द्रीय गठबन्धनको निर्णय अनुसार जसपाले स्वत नेतृत्व पाउने भएपछि काँग्रेसले विभिन्न तहमा निर्णय गर्दै गठबन्धन नगर्ने निर्णय गरेको छ भने केन्द्रीय नेताहरु यसलाई मिलाउने तयारीमा जुटेका छन् । त्यसैगरी प्रदेश २ कै बाराको जीतपुर सिमरा उपमहानगरमा पनि नेपाली काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको हो । काँग्रेसको उपमहानगर कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै लड्ने निर्णय गरेको हो ।

जीतपुर सिमरा उपमहानगर पालिकामा विगतको तुलनामा नेपाली काँग्रेसको संगठन तुलनात्मक रुपमा राम्रो भएको विज्ञप्तिमा उल्लेख गर्दै पार्टीबाट निर्वाचित वडाअध्यक्ष र सदस्यहरुले उपमहानगरमा विकास निर्माणदेखि जनताका कामहरुको सम्पादन निश्पक्ष तरिकाले गरेकाले जनताले महानगरको नेतृत्व नेपाली काँग्रेसको चाहेकाले गठबन्धन नगर्ने नेपाली काँग्रेसका महासमिति सदस्य तथा नगरप्रमुखका दावेदार श्यामबाबु गुप्ताले बताए ।

विगतमा २५ औं वर्षसम्म पनि यहाँको नेतृत्व कम्युनिस्टहरुले सम्हाल्दा उपमहानगरमा खासै विकासको गुन्जाएस नभएको बताउँदै गुप्ताले नेपाली काँग्रेसले इमान्दारीताका साथ कार्यसम्पादन गरेको प्रति सहानुभूति जनाएको बताए । उनले यसपटक जनताले महशुस गर्दै उपमहानगरको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताइरहेकोले नेपाली काँग्रेस बैशाख ३० गतेको निर्वाचनमा कुनै पार्टीसंग चुनावी तालमेल नगर्ने बताए ।

यस्तो छ विज्ञप्ति…

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७९ बैशाख २, ११: ४६

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
  • २०७९ बैशाख २, ११: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...

केसी र  महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
  • २०७९ बैशाख २, ११: ४६

काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...