
काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिस, गठबन्धनका साझा उम्मेदवारहरुलाई कसरी जिताउने र चुनावी तयारीका विविध विषयमा छलफल गर्न नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।
काँग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचान समिति गठन गरेको छ । निर्वाचन परिचालन समितिका संयोजन खड्का अध्यक्षतामा बस्ने बैठकमा गठबन्धनको प्रदेश संयन्त्रलाई सहजीकरण गर्न सातै प्रदेशमा सहमहामन्त्रीलाई पठाउने विषयमा छलफल गर्ने बताइएको छ ।
उक्त समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन ।
यसअघिका बैठकमा उक्त समितिले विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समितिहरु गठन गर्ने निर्णय समेत गरिसकेको छ । समितिले सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई आफ्नो जिम्मेवारीका साथ परिणाम आउने गरी निर्वाचनमा होमिन समेत आग्रह गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
काठमाडौं । संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा...