
काठमाडौं । सत्ता गठबन्धनका दलहरुले महानगर उपमहानगरपालिकाको सिट बाँडफाँड टुंग्याएसंगै नेपाली कांग्रेसले प्राप्त गरेको तीन महानगरपालिकाको प्रमुख र उपमेयरको उम्मेदवार टुंग्याएको छ ।
गठबन्धनको सहमति अनुसार काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाहरुमा प्रमुख र विरगंज, भरतपुर, पोखरा महानगरपालिकामा उप–प्रमुखको सिट पाएको छ । सहमति अनुसारनै काँग्रेसले भरतपुरको उपमेयरमा चित्रसेन अधिकारी, वीरगञ्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई टिकट दिइएको छ ।
भरतपुर महानगरपालिकाको मेयर माओवादीको भागमा, वीरगंजको मेयर जनता समाजवादी र पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाएका छन् । यी तीनवटै महानगरमा कांग्रेसले उपमेयर लिएको हो ।
नेपाली काँग्रेसका एक नेताकाअनुसार यी गठबन्धनका साझा उम्मेदवारहरुले देशैभर विजयी हासिल गर्नेछन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...
काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...