
चितवन । गठबन्धनका दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पेचिलो बनेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमतिअनुसार महानगरको प्रमुख माओवादीले लिएको छ भने नेपाली काँग्रेसले उपप्रमुख लिएको छ ।
उम्मेदवारी मनोनयनका दोस्रो दिन अर्थात अन्तिम दिन गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमयेर पदमा नेपाली काँग्रेसबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहाल र अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता ¥यालीमा रेणु दाहाल, नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहितका नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
गठबन्धनका साझा उम्मेदवारका रुपमा आएका अधिकारी नेपाली काँग्रेस भरतपुर महानगरपालिका कार्यसमितिका सभापति हुन् । महानगरमा गठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी हुने ¥यालीमा सहभागीहरुले बताएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...
काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...