
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितमाथि लागेको महिला हिंसासँग सम्बन्धी आरोप मिथ्या भएको बताएका छन् । स्थापितमाथि स्थानीय तह चुनाव आएपछि महिला हिंसाको कुरा आएको आरोप लगाएका छन् ।
एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई दुई महिलाले यौन दुर्व्यवहार गरेको आरोप फेरि चर्चामा आएको बेला ओलीले उनको बचाउका लागि यस्तो अभिव्यक्ति दिएका हुन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ओलीले महिलाको सुरक्षा र अधिकारका लागि लड्ने र आन्दोलन गर्ने पार्टी नै एमाले मात्रै भएकोले यस्तो आरोप उचित नभएको बताए ।
ओलीले भने,‘मीटू कुरा आउँछन् यस्ता बेलामा । मीटूको के जवाफ हुन्छ ? मीटूको कुनै जवाफ हुन्छ ? चुनाव आयो कि मीटू,’ उनले भने,’विकृत मानसिकता फैलाउन खोजिएको छ । सँगसँगै हिँडेपछि आरोप लगाइदिने, बात लगाइदिने ? महिलालाई हतोत्साहित गरिदिने ?’
महिलालाई यौन दुर्व्यवहार हुन्छ भन्ने भ्रम फैलाएर महिला सुरक्षित छैनन् भन्ने सन्देश दिन खोजिएको ओलीको भनाइ थियो । ‘चुनावका बेला यस्ता कुरा उचाल्छन्, जसले वाइडबडी खायो उसैले कुरा निकाल्छ,’ ओलीले भने, ‘यस्तो बेलामा चरित्रहत्या र मीटू आउँछन् ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...