घरघरमा मत माग्दै उम्मेदवार – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

घरघरमा मत माग्दै उम्मेदवार


नयाँ विकल्प ,

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको आसन्न निर्वाचनलाई चौतर्फीरुपमा हेरिएको छ । पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन् ।

वीरगञ्ज महानगरपालिकामा प्रमुख पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा जम्मी १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने उपप्रमुखमा दुई स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा दलहरुले गठबन्धन बनाउँदा प्रमुख पदमा नेपाली कांग्रेस, नेपकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट जसपाका नेता राजेशमान सिंह चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट एमालेका नेता निवर्तमान प्रमुख विजयकुमार सरावगी चुनावी मैदानमा हुनुहुन्छ ।

उपप्रमुखमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता पुरुषोत्तमलाल झा र सिंहको प्यानलबाट कांग्रेसका जिल्ला सचिव इम्तियाज आलम चुनावी मैदानमा हुनुहुन्छ । विशेष गरी यस पटकको निर्वाचनमा सरावगी र सिंहको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रमुख पदमा नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, स्वतन्त्र प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्कीराज पटेल, सञ्जिवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, कैलाशप्रसाद सर्राफराजेश सिंह र रोज मियाँ अन्सारीलगायत चुनावी मैदानमा हुनुहुन्छ । वीरगञ्ज महानगरपालिकामा हाल कूल एक लाख २४ हजार ६४७ मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ बैशाख २१, ११: १९

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ बैशाख २१, ११: १९

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ बैशाख २१, ११: १९

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...