कहाँ छन मजदुर र दलितका कुरा ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कहाँ छन मजदुर र दलितका कुरा ?

नयाँ विकल्प,

मङ्गलबार पाँच दलीय गठबन्धनका तर्फबाट बागलुङ नगरपालिको घोषणपत्र सार्वजनिक भयो । नगरपालिकाको विकास र समृद्धिका लागि सात अठोटसहितको घोषणापत्र सार्वजनिक गरिएको हो। नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाकोे नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ र नेकपा ९माओवादी केन्द्र०बाट उपप्रमुखका उम्मेदवार राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो ।

आइतबार नेकपा एमाले र राष्ट्रिय प्रनातन्त्र पार्टीले संयुक्त घोषणपत्र सार्वजनिक ग¥यो । एमालेबाट नगरप्रमुखका उम्मेदवार जनकराज पौडेल र राप्रपाबाट नगरउपप्रमखका उम्मेदवार सञ्जय खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो । दुवैको घोषणापत्रमा जनताको आधारभूत आवश्यकतासँगै महत्वकांक्षी योजना बढी छन् । मजदुर, दलित, अपाङ्गता, ज्येष्ठ नागरिक, खानेपानी, बजार क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक खानेपानीको धारो बनाउने कुरा दुवैको घोषणापत्रमा कम प्राथमिकता दिएको पाइयो । 

जनताले शिक्षा, स्वास्थ्य, खानेपानी तथा नगरपालिकाको सेवा सहजरुपमा नपाएको अझै गुनासो गरिरहेकै छन् । नगरपालिकाले आगामी पाँच वर्षमा पूरा गर्न र लागतको हिसाबले धेरै खर्चिला योजनासमेत घोषणापत्रमा उल्लेख गरेका छन् । 

केवल ढलको पानी प्रशोधन गरी वाटरपार्क, काठेखोला थुनेर ताल बनाउने, भीरमा फूल रोप्ने योजना घोषणापत्रमा समेटिएका छन् । एमाले–राप्रपाको घोषणापत्रमा काठेखोला थुनेर बहुउदेश्यीय जलविहार परियोजना, प्रत्येक वडामा तीन÷तीन खेलमैदान, म्याग्दी, पर्वत र बागलुङको सङ्गमस्थलमा मितेरी पुल, शहरी विकासको योजना, विद्युतीय र टेलिफोनका तारलाई भूमिगत गर्ने, औद्योगिक ग्राम सञ्चालन गर्ने, घरदैलोमै स्वास्थ्य सेवा दिनेजस्ता महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । वार्षिक रु एक अर्ब बजेट सार्वजनिक गर्ने नगरपालिकाले करोडौँका योजना सम्पन्न गर्ने, जग्गा अभावमा थलिएको औद्योगिक ग्राम बनाउछु भन्ने योजना महत्वकांक्षी योजना हुन् ।

संयुक्त पाँच दलीग गठबन्धले सार्वजनिक गरेको बागलुङ नगरपालिकाको घोषणापत्रमा उस्तै महत्वकांक्षी योजना छन् । आयातमा धानिएको बागलुङ नगरपालिकामा कृषिमा आत्मनिर्भर गराउने भन्ने गठबन्धनको घोषणापत्र झनै महत्वकांक्षी पाइन्छ । कालिका मन्दिरको भीरमा फूलले सजाउने, श्रम बैंक स्थापना गरी बेरोजगार युवालाई रोजगार दिइने, धौलागिरि अस्पताललाई शिक्षण अस्पताल बनाइने, अधुरो रहेको हरी खड्का ट्रमा सेन्टर सञ्चालन गर्ने, नेपालभित्र तीर्थयात्रा गर्न विशेष सहयोग उपलब्ध गराइने, वैतनिक स्वयंसेवकमा आबद्ध गराइने, विद्युतीय तारलाई भूमिगत गर्ने, कुकुरगाडे कुस्मा लामो झोलुङ्गे पुल निर्माण गर्ने, बलेवा विमानस्थल सञ्चालन गर्ने, पुरानो बजारलाई संरक्षण गर्ने, नदी किनारमा वाटरपार्क, कालिगण्डकी नदी दोहन रोक्नेलगायत योजना छन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख २१, १५: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख २१, १५: ०६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ बैशाख २१, १५: ०६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...