आईजीपी नियुक्ति विरुद्धको रिट निवेदनमा सुनुवाइ हुँदै – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

आईजीपी नियुक्ति विरुद्धको रिट निवेदनमा सुनुवाइ हुँदै

नयाँ विकल्प, काठमाडौं प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूद्वारा बहस भइरहेको छ।

वरिष्ठ अधिवक्ताद्वय सतिषकृष्ण खरेल र हरिहर दाहाल, अधिवक्ता मेघराज पोखरेलले रिट निवेदकका तर्फबाटबहस गरिसकेका छन् । यस्तै, महादेव प्रसाद यादव,, ललित बस्नेत, माधव बस्नेत, सानुराजा पोखरेल, सुनिल पोखरेल, पूर्णमान शाक्य लगायतका कानुन व्यवसायीले पनि बहसमा भाग लिँदैछन् । पोखरेलका तर्फबाट सुनिता राउतले रिट निवेदन दर्ता गराएकी थिइन् । बुधबार सुनुवाइका क्रममा एआईजी पोखरेल समेत इजलासमा उपस्थित छन् ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७९ बैशाख २१, १४: ५८

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
  • २०७९ बैशाख २१, १४: ५८

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ बैशाख २१, १४: ५८

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...