
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ ।
उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो ।
त्यहाँ ३ जेठमा निर्वाचन हुने गरी आयोगले नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको बताएकी छन् ।
आयोगले ३ जेठमा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत कुबेर पाण्डेले जानकारी दिए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ। पार्टीका...
काठमाडौं : नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । बुधबार...
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।...