बहुमतका संयोजक बास्तोला प्रहरीको नियन्त्रणमा – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

बहुमतका संयोजक बास्तोला प्रहरीको नियन्त्रणमा

दाङ । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट सोधपुछका लागि दाङ प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

पूर्व–पश्चिम राजमार्ग हुँदै नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोला सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । बास्तोलाको साथमा सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तान पनि छन् ।

बास्तोला संयोजक रहेको नेकपा बहुमतले केही दिन अघिमात्र स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले निर्वाचन बहिष्कार गरेकाले शान्ति सुरक्षाको विषयलाई लिएर सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी प्रमुख काफ्लेले बताए ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ बैशाख २९, ०९: ०१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७९ बैशाख २९, ०९: ०१

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७९ बैशाख २९, ०९: ०१

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...