
नयाँ विकल्प,
काठमाडौं – हालसम्म भएको मतगणनाका क्रममा प्रदेश नंबर १ का १४ जिल्लाका स्थानीय तहमा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ ।
काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता हासिल गरेको छ ।
दोश्रो स्थानमा रहेको एमालेले १६ स्थानीय तह जितेको छ भने २८ स्थानीय तहमा अग्र स्थानमा रहेको छ ।
यस्तै माओवादी केन्द्रले ८ स्थानीय तह जितेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जितेको छ भने २ वटामा अग्र स्थानमा रहेको छ ।
यसैगरि, जनता समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता हासिल गर्न सफल भएको छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...