
नयाँ विकल्प,
काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले अग्रता बनाएको छ । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश रहेको छ ।
यसैगरी सार्वजनिक नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ । एमाले दोस्रो स्थानमा रहेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार काँग्रेसले ६७ स्थानमा अग्रता बनाउँदा एमालेले ४४ स्थानमा अग्रता बनाएको छ ।
यस्तै नतिजा अनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ । १०२ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अग्रता बनाएको छ ।
यस्तै एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले २० स्थानमा विजय हासिल गर्दा ११ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ। मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता बनाएको छ ।
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। प्रहरीका अनुसार...