न्यायाधीशहरु भ्रमण र बिदामा बस्दा सर्वाेच्चमा १० जना न्यायाधीशमात्रै उपस्थित – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

न्यायाधीशहरु भ्रमण र बिदामा बस्दा सर्वाेच्चमा १० जना न्यायाधीशमात्रै उपस्थित

नयाँ विकल्प,

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरु भ्रमण र बिदामा बस्दा अहिले सर्वाेच्चमा १० जना न्यायाधीशमात्रै रहेका छन् । बुधबार २३१ थान मुद्दा पेसीमा चढ्दा सर्वोच्चमा दश जना न्यायाधीशमात्रै उपस्थित भएका छन् ।

प्रधानन्यायाधीशसहित कुल २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा यतिबेला जम्मा १८ जना न्यायाधीश दैनिक कामकाजमा छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बनमा छन् भने न्यायाधीश मिरा खड्का र तेजबहादुर केसी उमेर हदका कारण अवकाशमा गइसकेका छन् । १८ जना न्यायाधीशमध्ये आठ न्यायाधीश विदेश भ्रमणमा छन् भने कोही अनुगमन र उद्घाटनमा गएका छन् ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ जेष्ठ १८, १६: ३४

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७९ जेष्ठ १८, १६: ३४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ जेष्ठ १८, १६: ३४

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...