
नयाँ विकल्प,
धनकुटा – नेपाली कांग्रेस धनकुटाले निर्वाचन जित्ने दावी गर्दै धनकुटाको जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता आज गरेपछी जोड घटाउ शुरु भएको छ भने नेकपा एमालेलाई भोट जोगाउन सकस भएको छ । टिकट वितरणमा एमालेमा चरम विवाद भएकापछि ठूलो अन्र्तघात हुने निश्चित भएकाले कांग्रेसको उम्मेदवारहरुले जित्ने पक्का जस्तै भएको छ ।
नेकपा एमालेबाट पुराना नेता शिव आग्ला र यूवा नेता सन्दिव रायमाझीले समेत जिल्ला समन्वय समितिको प्रमुखमा बलियो दावेदार प्रस्तुत गरेका थिए भने शिव आग्लाको पक्का भएको थियो तर नेतृत्वको आर्शिवाद प्राप्त नहुदा उहाको हातमा टिकट आएन र यूवा नेता सन्दिव रायमाझीको स्थानीय नेताहरुको वित्र विरोधका कारण हातमा टिकट आए पनि फुत्किएर गएको छ । यसले गर्दा पालिका प्रमुख, उपप्रमुहरु र अध्यक्ष तथा उपाध्यक्षहरु नै अहिले नेकपा एमालेको निर्देशन नमान्ने अवस्थामा पुगेका छन ।
नेपाली कांग्रेस धनकुटाको जिल्ला संसदिय समितिका सभापति दिनेश राईको अध्यक्षतमा भएको बैठकले धनकुटा जिल्ला समवन्य समितिको प्रमुखमा नेपाली कांग्रेसका चर्चित तथा लोकप्रिय प्रवाशाली यूवा नेता हर्कमान चेम्जोँगको नेतृत्वमा उम्मेदवारी दिने निर्णय गरी उम्मेदवारी दर्ता गराएपछी धनकुटाको राजनितिमा नया तरंग उत्पन्न भएको छ ।
नेपाली कांग्रेस धनकुटाको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका महिला नेता मञ्जु कार्की र महिला सदस्यहरुमा बिमला राई, सरिता खत्री भण्डारी, डम्वर कुमारी अधिकारी धमला र अन्य सदस्यहरुमा सुष्मा गुरुङ्ग, कुसुम जोशी, सुशिल कुमार मगर र दलित सदस्यमा दुर्गा दर्जीले उम्मेदवारी दिएका छन् ।
धनकुटा जिल्लाको सात वटा पालिकाका प्रमुख तथा उपप्रमुखरु गरी १४ जना मतदाताहरु रेहेकोमा नेपाली कांग्रेसको दुई मेयर र दुई उपमेयर , नेकपा माओवादी केन्द्रको एक उपाध्यक्ष र नेकपा एमालेको एक मेयर, तिन उपमेयर र दुई अध्यक्ष अनी तिन उपाध्यक्ष रहेका छन ।
नेकपा एमालेका तिन देखी चार मत सम्म नेपाली कांग्रेसले ल्याउन सक्ने भएकाले नेपाली कांग्रेसले धनकुटा जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचनमा जित्ने दावी गर्दै नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
नेकपा एमालेबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरुले समेत भोट दिने आफुलाई विश्वास दिलाएकोले सम्पूर्ण शक्ति परिचालन गर्ने नेपाली कांग्रेस धनकुटाको तर्फबाट जिल्ला समवन्य समितिका प्रमुखका उम्मेदवार हर्क चेम्जोँगले बताए ।
नेपाली कांग्रेस धनकुटाले जिल्ला समन्वय समितिको निर्वाचन जसरी भए पनि जित्ने रणनितिका साथ अगाडी बढीरहेको जिल्ला सभापती दिनेश राईले दावी गरे ।
नेपाली कांग्रेस धनकुटा जिल्ला समन्वय समितिको निर्वाचत जित्नका लागी नेकपा एमालेका पालिका प्रमुख तथा उपप्रमुखहरु फकाउने रणनितिका साथ सम्पूर्ण शक्ति लगाएर विशेष रणनितिका साथ अगाडी बढिरहेकोले धनकुटाको राजनिति अहिले तरंगित भएको हो ।
नेकपा एमाले धनकुटा भित्र जिल्ला समन्वय समितिको उम्मेद्वार छनौवटमा तिव्र विवाद भएपछि अहिले टिकट वितरणप्रति स्वयंम पालिका प्रमुख तथा उपप्रमुखहरु सन्तुष्ट नरहेकाले पनि कांग्रेसले जित्ने संभावना बढेर गएको छ ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...