
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका सांसदहरुले खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन् । प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि छलफलमा भाग लिँदै उनीहरुले सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन सुझाव दिए ।
सांसद सरिताकुमारी गिरीले बोर्डर क्षेत्रमा मल लिएर आउने किसानलाई दुःख नदिनका लागि गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दियोस् भन्ने माग गरेकी छन् । सांसद यज्ञराज सुनुवारले मन्त्रालयमा जाँदा नभेटिने, संसदमा नभेटिने मन्त्रीलाई स्थगन प्रस्तावले संसदमा खडा गराएको भन्दै मलको अभावबारे मन्त्रीबाट प्रस्ट कुरा आउने अपेक्षा गरेका छन् ।
सांसद नवराज सिलवालले चीन, अमेरिका, भारत रासायनिक मल उत्पादनमा क्रमशः पहिलो, दोस्रो र तेस्रो मुलुक रहेको भन्दै दुई छिमेकी मुलुक मल उत्पादनमा अग्रणी रहँदा समेत नेपालले मल किनेर ल्याउन किन सक्दैन भन्ने प्रश्न गरे ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...