
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रोक्ने कार्य भएको दाबी गरेका छन् ।
बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरेको दाबी गरेका थिए । संसदबाट प्रचण्डलाई चुनौती दिँदै पोखरेलले ‘हिम्मत छ भने ओलीको पालामा यो भएको छ भनेर प्रस्तुत गर्न, होइन भने क्षमा माग्नुपर्ने बताए ।
हिम्मत भए गठबन्धनको सरकारले विगतमा के कस्ता कार्य एसपीपीका विषयमा भएका ती सबै सार्वजनिक गर्न आग्रह गरेका छन् । अन्यथा एमालेलाई अनावश्यक आरोप लगाउने कार्य नर्गन उनको चुनौती छ ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...