
नयाँ विकल्प,
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनियन्त्रित र चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक बस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेको भनाइ छ ।
चर्को महँगीविरुद्ध आज बस्ने प्रतिनिधि सभा बैठक अघि पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने एमालेको तयारी छ । सोही छलफलअनुसार कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङको भनाइ छ ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अनियन्त्रित र चर्को मूल्य बृद्धिको मारमा जनता पिरोलिएको भन्दै यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष दल चुप लागेर बस्न नसक्ने बताए ।
त्यसो त नेकपा एमालेले यसअघि गत जेठ २१ गते नै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध प्रतिनिधि सभामा अत्यन्त जरुरी महत्त्वको प्रस्ताव नै पेस गरेर छलफल समेत भएको हो । तर पनि सरकारले मूल्यवृद्धि नियन्त्रणतर्फ प्रभावकारी कदम चालेको छैन ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...