
नयाँ विकल्प,
काठमाडौं – भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपाल भ्रमणका क्रममा नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । सो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।
सोमबार मात्र भारतका लागि नेपालका राजदूत डा। शङ्करप्रसाद शर्माले भारतीय सेना प्रमुखसँग छलफल गरेका थिए । सोमबार ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका थिए ।
यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति पदबाट सम्मानित गर्नेमा केन्द्रित रहको र नेपालभारतबीच यो परम्परा लामो समयदेखि चल्दै आएको स्रोतले जनाएको छ ।
बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...
काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...
काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...