बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको जोड सुरु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको जोड सुरु

नयाँ विकल्प,

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको जोड सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । उक्त सहमति कार्यान्वयन गर्नतर्फ मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएको हो ।
पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसले पाउनुपर्ने भन्दै संघर्ष सुरु गरिएको प्रदेश सरकारका एक मन्त्रीले बताए । उनका अनुसार आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट पास भएलगत्तै पूर्वसहमतिअनुसार काँग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्नुपर्ने भन्दै संघर्ष सुरु गरिएको हो ।
उनका अनुसार आगामी केही दिनभित्रै प्रदेशमा मुख्यमन्त्री फेरिने गरी काँग्रेस छलफलमा सक्रिय रहेको छ । काँग्रेसले मुख्यमन्त्री पाउने विषयमा केन्द्रीय तहसम्म लबिङ भइरहेको उनले बताए ।
यता नेकपा माओवादी केन्द्र पनि प्रदेशको मुख्यमन्त्री पद सहमती अनुसार काँग्रेसले पाउनुपर्ने पक्षमा देखिएको छ ।
बागमती प्रदेश सरकार परिवर्तनको लागि कुल १०७ जना सांसद् मध्ये ५४ जना सांसद्को समर्थन आवश्यक पर्छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार १६, १६: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ असार १६, १६: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार १६, १६: १७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...