
नयाँ विकल्प,
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा हालै सम्पन्न स्थानीय चुनावको समीक्षा र पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रित भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ९ बुँदे एजेण्डा अन्तरगत सात प्रदेशका अध्यक्षहरूले रिपोर्ट पेस गर्ने कार्यसूची रहेको थियो । सोही क्रममा सम्बन्धित प्रदेशका अधिकांश अध्यक्षहरूले गत स्थानीय निर्वाचनमा पार्टीकै जिम्मेवार नेता कार्यकर्ताबाट अन्तर्घात भएको, गुटबन्दी मौलाएको तथा बागी उम्मेदवारी दिने प्रवृत्ति देखिएको बताएका हुन् । उनीहरुले सत्ता गठबन्धनबाटै पनि पार्टीका कतिपय उम्मेदवारलाई भोट हाल्ने काम नभएको रिपोर्ट पेस गरेका छन् ।
उनीहरुले एमसीसीका बारेमा पार्टी स्पष्ट हुन नसकेको, पदाधिकारीको चयनमा ढिलाइ भएको, संगठन निर्माण प्रभावकारी नभएको विषय पनि औँल्याए भने आगामी चुनावमा पार्टी कसरी जाने भन्नेबारेमा पनि ठोस योजना जरुरी रहेकोमा जोड दिएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...