प्रतिनिधिसभा बैठक अझै सुरु भएन – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

प्रतिनिधिसभा बैठक अझै सुरु भएन

नयाँ विकल्प,

काठमाडौं – बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफुहरु अर्थमन्त्रीको राजीनामाको पक्षमा रहेको भन्दै राजीनामा दिए संसद बैठक सहजै चल्ने बताए ।

बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने तयारी भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न जानै नदिने अडान लिएको छ । यसैबीच अर्थमन्त्री शर्मा पार्टीको बैठकका लागि प्रज्ञा भवनतर्फ लागेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार २२, १२: ५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ असार २२, १२: ५८

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०७९ असार २२, १२: ५८

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...