
नयाँ विकल्प,
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको बताए ।
उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठ्यारो पार्ने षड्यन्त्र भएको बताए । सोही षडयन्त्रलाई चिर्न पनि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गरिएको प्रचण्डले बताए ।
प्रचण्डले प्रश्न उठेपछि त्यसलाई महत्त्व दिँदै छानबिनमा सघाएको बताए । तर, माओवादीको राजनीतिक लोकप्रियतालाई कमजोर पार्ने प्रयासका रुपमा विषयलाई अनावश्यक रुपमा उचाल्ने काम भएको प्रचण्डको भनाइ छ । आफूले केहीअघि एसपीपीमा एमाले अध्यक्ष केपी ओलीको योजनालाई छताछुल्ल पारिदिएपछि त्यो विषयलाई अन्यत्र मोड्न अर्थमन्त्रीको विषयलाई उचाल्ने काम एमालेले गरेको पनि प्रचण्डले बताएको जनाइएको छ ।
बजेटका सन्दर्भमा परिस्थितिलाई राजनीतिक कोण दिने काम भएको उल्लेख गर्दै प्रचण्डले आफूले केही गल्ती नगरेको भनेर अर्थमन्त्रीले भनिरहेको पनि बताए ।
छानबिनलाई सहज बनाउनका लागि अर्थमन्त्रीले राजीनामा दिनु नै उचित हुन्छ भनेर राजीनामा आएको पनि प्रचण्डले दोहोर्याए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...