
नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको बहस सकिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा शुक्रबार निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए । विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै सम्पूर्ण सुनुवाइ प्रक्रिया नै सकिएको हो ।
बहस सकिएसँगै आज आईजीपी नियुक्तिम्बन्धी मुद्दाको फैसला आउने बताइएको छ ।
कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...