बेटी पढाऊको नाममा १० करोड ३३ लाख भ्रष्टाचार – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बेटी पढाऊको नाममा १० करोड ३३ लाख भ्रष्टाचार

मधेस । प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको खुलासा भएको छ । ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकल खरिद गरेर छात्रालाई वितरण गरेको पाइएको हो ।

ओम सत्य साई प्रालि वीरगन्जसँग अम्बिका ब्रान्डका १७ हजार २ सय ३८ साइकल आपूर्ति गर्ने प्रदेश सरकारले सम्झौता गरेको थियो । तर, १६ हजार ३८ थान ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकल खरिद गरिएको छ।

सम्झौता अनुसारका १२ सय मात्रै अम्बिका ब्रान्डका साइकल खरिदको भएको अख्तियारले जनाएको छ । छात्राको साइकल खरिदमा अनियमितता भएको भन्दै अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा समेत हालेको छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा १० करोड ३३ लाख अनियमितता भएको पाइएको हो।

अख्तियारले प्रदेश सचिव यामप्रसाद भुसालसहित १० जनाविरुद्ध दुइटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियार प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले बताए।

सम्बन्धित समाचार

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १९, ०७: ५७

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १९, ०७: ५७

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...

सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
  • २०७९ श्रावण १९, ०७: ५७

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...