निर्वाचन आयोगमा सिके राउतको पार्टी १ नम्बरमा दर्ता – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

निर्वाचन आयोगमा सिके राउतको पार्टी १ नम्बरमा दर्ता

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

पार्टी उपाध्यक्ष ई। बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो पार्टीले सप्तरीमा दुई स्थानीय तह र १८ वडा जितेको थियो । जनमत पार्टीका अध्यक्ष राउतले आगामी निर्वाचनमा सहकार्यका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २२, १३: ०४

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण २२, १३: ०४

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २२, १३: ०४

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...