काठमाडौं । शुक्रबार बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजिर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो ।
भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको निगम स्रोतले जनाएको छ । सामान्यतयाः सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय जाने प्रचलन हुँदैन ।
सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।
सरकारले विभिन्न अभियोगमा छानबिन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो ।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...