निर्वाचनमा कांग्रेसका २६६ उम्मेदवारमा दलितलाई समेटेन, जम्मा महिला ८ जना मात्रै (नामावलीसहित) – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

निर्वाचनमा कांग्रेसका २६६ उम्मेदवारमा दलितलाई समेटेन, जम्मा महिला ८ जना मात्रै (नामावलीसहित)

 

काठमाडौं । नेपाली कांग्रेसले आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २६६ जना उम्मेदवार दिएको छ ।

प्रतिनिधिसभाका १६५ मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५ सिटमा कांग्रेसका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उम्मेदवार छनोटमा भने कांग्रेस असमावेशी चरित्र देखाएको छ । प्रतिनिधिसभाका ९१ मध्ये ५ सिटमा मात्र महिला उम्मेदवार बनाएको कांग्रेसले दलित समुदायलाई बहिस्करण गरेको छ ।

कांग्रेसले सातवटा प्रदेशमध्ये ६ प्रदेशमा महिलालाई प्रत्यक्षतर्फ टिकट नै दिएको छैन भने बागमती प्रदेशमा ४१ उम्मेदवार उठाउँदा ३ जना महिलाले अवसर पाएको देखिन्छ । प्रदेशमा पनि १ दलितलाई उम्मेदवार बनाउन कांग्रेसले आवश्यक ठानेको देखिँदैन । पार्टीमा एक जना सहमहामन्त्री र ८ जना केन्द्रीय सदस्य छन् ।

पाँच दलीय गठबन्धनमा कांग्रेसले प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा ५० प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक जनता पार्टी र राष्ट्रिय जनमोर्चालाई ४४ प्रतिशत सिटमा कांग्रेसले समर्थन गरेको छ ।

प्रदेश सभातर्फ भन्ने कांग्रेस र बाँकी चार दलका गरी बराबरी उम्मेदवार रहेको पाइन्छ । कांग्रेसले प्रदेश १ को प्रदेशसभा सदस्यमा २६, मधेस प्रदेशसभा सदस्यमा २५ बागमती प्रदेश सदस्यमा ४१, गण्डकी प्रदेशसभा सदस्यमा २२, लुम्बिनी प्रदेशसभा सदस्यमा ३१, कर्णाली प्रदेशसभा सदस्यमा १२ र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा १८ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

https://drive.google.com/file/d/1gUCQaTwsAvkr4DT_8Uv3EDn7czWvK-Zk/preview?pli=1

सम्बन्धित समाचार

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
  • २०७९ कार्तिक ६, १७: २०

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २०७९ कार्तिक ६, १७: २०

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन...

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७९ कार्तिक ६, १७: २०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...