सांसद विकास कोष र दातृ निकायबाट प्राप्त १० अर्ब भूकम्पपीडितमा खर्चिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको माग मन्त्रिपरिषद्बारा पुरा

सांसद विकास कोष र दातृ निकायबाट प्राप्त १० अर्ब भूकम्पपीडितमा खर्चिने

काठमाडौं। सरकारले सांसद विकास कोषको फ्रिज भएको ८ अर्ब २५ करोड रुपैयाँ र दातृ निकायबाट प्राप्त एक अर्ब ७५ करोड रुपैयाँ जम्मा गरी भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोष र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्ब रुपैयाँको कोष निर्माण गर्ने निर्णय गरेको श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताए।

सांसद विकास कोषको रकम खर्च गर्न नमिल्ने भनी सर्वोच्चले आदेश दिएसँगै सो कोषको रकम फ्रिज भएको छ। सरकारसँग सोही रकम जम्मा गरेर भूकम्पपीडितको आवासका लागि खर्चन सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीसमक्ष माग गरेका थिए।

महामन्त्रीद्वयले सरकारलाई फजुल खर्च रोक्न र फ्रिज भएको सांसद विकास कोषको रकम पीडितलाई पुनस्र्थापनाका लागि खर्चन सरकारलाई सुझाव दिएका थिए।

बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आहन गर्ने भएको छ। गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा एक सय ५५ भन्दा बढीको ज्यान गएको थियो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २७, १९: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २७, १९: ४३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २७, १९: ४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...