धनकुटा हिलेमा खेलकुद समाग्रीहरु वितरण – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

धनकुटा हिलेमा खेलकुद समाग्रीहरु वितरण

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेमा विभिन्न खेलकुद साग्रीहरु वितरण गरिएको छ ।

नेपाली कांग्रेस धनकुटाका नेता तथा धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिल कुमार राईले सदस्यहरुको लागी छुट्टयाईको रकमबाट विभिन्न खेलकुद समाग्रीहरु हिलेमा वितरण गरेको नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कार्यपालिका सदस्य दिल कुमार राई, जिल्लाका कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्यहरु रुकमान तामाङ, शान्ति खड्का, वडा सभापति विर वहादुर तितुग, उपसभापति हरीलाल तामाङ, सविच फुर्वा शेर्पा लगायत १३ वटा खेलकुद संघ संस्थालाई खेलकुद सामाग्रीहरु प्रदान गरेको हो ।

कांग्रेस धनकुटा नगरपालिका वडा नं १ का सभापति तथा व्यूरोड हिले टोल विकास संस्थाका अध्यक्ष विर वहादुर तितुङको अध्यक्षतामा भएको खेलकुद समाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस हिलेका नेताहरु खेलाडीहरुको सहभागीता रहेको थियो ।

हिले तेक्यान्दो डोजाङ्ग, हिले ब्याडमिन्टन क्लव, न्यूरोड व्याडमिन्टन क्लव, योङ्ग स्टार बोक्रे बरवोटे, हिले फुटवल क्लव, हिले भलिवल क्लव र हिले क्याम्पसका विद्याार्थी, खेलाडीहरुलाई एक लाखबढीको खेलकुद सामाग्री वितरण गरिएको कांग्रेस हिलेका सभापती विर वहादुर तितुङ तामाङले बताए ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८० माघ १, २१: ०९

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८० माघ १, २१: ०९

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८० माघ १, २१: ०९

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...