कोरोना कहरको समयमा बन्यजन्तु शिकार रोक्न राज्यलाई हम्मे हम्मे पर्यो। यहि बेलामा पत्र पत्रिकामा बन्य जन्तुको शिकार झन् बढ्दो रुपमा आएको समाचारहरु पनि आइराखेका छन् । येही क्रममा मेरो हातमा कमल जंग कुँवरद्वारा लिखित ‘गैंडालाई चार वर्ष किताब छोरा संजीव पौडेलले दिए। मलाई नेपालमा हुने बन्य जन्तुको अवैधानिक व्यापार सम्बंदी पनि चासो भएकोले यो किताबको पहिलो अध्याय पढ्दै गर्दा मलाई कुनै फिल्म हेरे जस्तो अनुभव भईरहेको थियो। अझ भन्नु पर्दा आहिले धेरैको रोजाईमा पर्ने दक्षिण भारतीय फिल्म जस्तो।

मैले यो किताब तीन दिनमै पढेर सक्काए । भागवत गीता पछिको यो किताब नै होला सबै भन्दा ध्यान दिएर पढेको मैले। यो लेखको समीक्षा गर्दा देशमा राष्ट्र हितको लागि काम गर्ने सपुत आझै सशक्त रुपमा काम गरि राखेका छन् भनेर गर्ब महसुश भयो।
गैंडा तस्करहरुलाई कारबाहीको दायरामा ल्याउने अभियानमा लाग्नु भएका कमल जंग कुँवरको जीवनबारे पत्र पत्रिकाको माध्यमबाट बुझ्ने अवसर पहिले पनि मिलेको हो तर उहाँको आफ्नै पुस्तक पढ्दा उहाँको जीवनबारे अझ नजिकबाट बुझ्ने अवसर मिल्यो । म पनि विद्यार्थी बेला मेरो मित्र कृष्ण श्रेष्ठले निकै नै साना खालका चारहरुजस्तै ढुकुर, सारीकोटा, भागेंरा लगायत सिकार गरेको देख्थ्ये। त्यतिबेला मलाई पनि वहाँले प्रयोग गर्नुभएको हतियार (गुलेली) प्रयोग गर्न इच्छ्या जागृत हुन्थ्यो। वहाँले त्यो गुलेली किन्न पाइन्छ तिमीले पनि किन भन्नु भयो मलाई । २०३४ साल तिरको कुरा हो पैसा त सारै महोत्व राख्थ्यो तर पिताजीसंग मागेर त्यो गुलेली किन्न बुटवल बजार पुगें र खरिद गरें। आएपछि त्यो गुलेली म स्कुल जाने झोलामा राखेर जान्थें र स्कुल छुट्टि भएपछि सिकार गर्ने मनसाय लिएर हिड्न थालें। मैले गुलेली किने पछि मित्र कृष्ण र म स्कुल छुटे पछि संगसंगै हिड्न थाल्यौं। उहाँ अघि अघि मा पछि पछ। उहाँले मार्नु भएको चराहरु म टिपेर झोलामा हाल्ने गर्थें। तर एक दिनको कुरा हो कृष्णजीले एउटा चरा मार्न निक्कै कोसिस गर्नु भयो तर पटक पटकको प्रयासमा उहाँ असफल हुनु भयो। उहाँको पछि पछि करिब २० फुट टाढा हिडिराखेको थिएँ म। मैले त्यहिबाट गुलेली ताकेर हानेको एकचोटी मै चरा भुइंमा बजारियो। त्यस दिनदेखि म अघि अघि कृष्णजी पछि पछि।
एक दिन त्यसरी नै गुलेलीले झोलाभरि चरा मारेरमा घर पुगें। पिताजीले झोलामा के छ भनेर सोध्नुभयो मैले फुर्तिसाथ सिकार गरेर ल्याएको चराहरु देखाएँ। तर पिताजीलाई त्यो मन परेन र मलाई भन्नुभयो मैले गरेको काम गलत हो। कसैको प्राण लिनु ठुलो पाप हो भनेर सम्झाउनु भयो। त्यस दिन देखि मैले गुलेली नचलाउने निधो मन मनै गरें। पिताजीले पशु, पन्छी, जनावर, मनुष्यको जीवनको बिषयमा बताउनु भएका कुराहरुले मेरो मन मष्तिस्कमा निकै ठुलो छाप छोड्यो। अभिभाबकहरुको भूमिका यहि नै हो सायद, गलत गर्दा सम्झाउने र सहि बाटोतिर डोराउने। घरमा माता पिताले र देशमा राष्ट्रप्रमुखले आम जनमानसलाई अपराधिक कार्यमा नलाग्न सम्झाउने हो। तर यहाँ त्यस्तो भएको महसुस मैले गरेको छैन।
‘गैंडालाई चार वर्ष’ पढ्दै गर्दा जब राष्ट्रसेवकहरुले नै बन्यजन्तु चोरी तस्करी र सिकारमा लाग्ने जस्तो घृरित कार्यमा लाग्नेहरुको संरक्षणमा लागेको तर चोरी तस्करीको बिरोधमा लागेको, तस्करीलाई कारबाही गर्नुपर्छ भन्ने अभियानमा लागेका व्यक्तिलाई भने जेल राख्ने र जेलमा सडाउने सम्मको नियत राख्ने कार्य गर्ने गरेको देख्दा हामी जस्तो आम नागरिकको मन दुख्ने रहेछ। तस्करहरुको जालोमा पारेर जब चितवन राष्ट्रिय निकुञ्जका तत्कालिन सहायक वार्डेन कमल जंग कुँवर र रेन्जर रितेश भुषण बस्नेतलाई जेल हाल्न त्यतिबेला सत्तामा आसिनहरु नै सक्रिय रुपमा लागेको देखेर आश्चर्य लग्यो। तर बन्यजन्तु तस्कारीको बिरोध गर्ने र तस्करीहरुलाई निर्मुल पार्ने अभियानमा लागेकालाई संरक्षण गरि तस्करीलाई सजाय दिनुपर्छ भन्ने मलाई लाग्छ। धन्यवादको पात्र त कमल जंग कुँवर हुँदै हुनु हुन्छ तर रितेशजीलाई पनि भुल्न मिल्दैन जस्तो लाग्छ।
कमल जंग कुँवरजीको यो पुस्तक पढ्दा उहाँको जीवन व्यथा- कथा सारैनै मार्मिक, र जागिरे जीवन संघर्षपूर्ण रहेको पाएँ मैले। त्यस्तो परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूर्णरुपले निभाउनु भएकोमा म तपाईंलाई हृदयदेखि नै सदा सम्झिरहने छु। साथै, यदी कमल जंग कुवंरको ‘गैंडालाई चार वर्ष’ पढ्ने मौका पाउनु भएको छैन भने अवस्य पढ्ने सुझाब दिन्छु। नेपालमा निकुञ्जहरुमा हुने बन्य जन्तु चोरी तस्करीका बारेमा राम्ररी बुझ्न पाइन्छ यो पुस्तकमा।रितेश जी र कमल जंग कुँवर जी लगायत उहांहरुको सम्पूर्ण टिम धन्यबादको पात्रहरु हुनु हुन्छ। तपाईंहरुलाई जन्म दिनुहुने ममतामयी माता र जीवनमा सत्कर्ममा लाग्ने शिक्षा दिनुहुने पिताजीलाई पनि प्रणाम गर्दछु। साथै पटक पटकका पीडादायी घडीहरुमा सदा उहाँलाई साथ् दिनुहुने उहाँकी अर्धांगिनीलाई पनि धन्यबाद दिनै पर्छ। आफ्नो परिवारको साथ् नमिलेको भए सायद नै उहांहरु बन्य जन्तु तस्करीको बिरोधमा लाग्ने आँट गर्नु हुन्नथियो होला।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...