भोजपुर । कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
कांग्रेस भोजपुर जिल्ला सम्मेलन तथा प्रशिक्षणमा बाल्दै आज उनले अन्य दलहरूले ल्याएको ‘मिसन ८४’बाट मुलुकमा केही पनि कायापलट नहुने स्पष्ट पारे ।
उनले भने, “लोकतन्त्रमा चुनाव हुन्छ । कांग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो ।”
राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली कांग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु कांग्रेसको प्रमुख दायित्व भएको जिकिर गरे ।
शर्माले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटकसम्म सांसद भएको व्यक्तिलाई पुनः सोही पदको अवसर नदिने नीति ल्याउन आवश्यक रहेका बताए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...