गण्डकी । सत्ता समीकरण परिवर्तनको असर गण्डकी प्रदेशमा पनि देखिएको छ । सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत गुमाएका मुख्यमन्त्री पाण्डेले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
नयाँ समीकरणअनुसार सरकार गठनका लागि एमाले र माओवादी केन्द्रलाई प्रदेशसभाको गणित सहज छैन । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार पनि अहिलेलाई देखिन्न ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्य छन् ।
सरकार गठनका लागि प्रदेशसभाका ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ। राप्रपालाई साथमा लिँदा पनि सरकार बनाउन नसक्ने स्थिति छ । राप्रपा नयाँ सत्ता समीकरणमा सामेल भए एमाले माओवादी केन्द्रलाई सरकार गठनका लागि बहुमत पुग्छ ।
राप्रपाले नयाँ सत्ता गठबन्धनलाई सहयोग गर्ने कुनै टुंगो छैन। केन्द्रमा पनि राप्रपा सत्ता गठबन्धनबाहिर छ। एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यसहित ३० सदस्य रहेको नयाँ गठबन्धनलाई राप्रपाको मत निर्णायक हुने छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...