काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको मुद्दालाई उठाउँदै नेपाली कांग्रेसले पार्टी भित्र दुई धार छैन भन्ने सन्देश दिन खोजेको छ ।
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने माथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग पार्टीभित्र एकमतले निर्णय गरिएको छ ।
६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
त्यस यता बसेका सबै बैठकमा संसदीय छानविन समितिको माग कांग्रेसले निरन्तर उठाउँदै आएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...