प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउन तयार छौंः लेखक – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउन तयार छौंः लेखक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवीत हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं ।’
नेता लेखकले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भैईनसकेको समेत जिकिर गरे । यद्धपी जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने विचार व्यक्त गरे ।
तर उनले एमाले र माओवादी बाहेक पनि सरकार बन्न सक्ने संभावना रहेको औंल्याए । ‘निर्वाचनको सम्पूर्ण मतपरिणाम आओस्, अनि यो कुरा क्लियर हुन्छ ।’ आफ्नो पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा तत्काल केन्द्रिय कार्यसमिति बैठक आह्वान गरेर व्यापक समिक्षा गरिने पनि उनले बताए । उनले भने, ‘हामी सुक्ष्म ढंगले छलफल गर्छौं, र आवश्यक निर्णय लिन्छौं ।’ निर्वाचनमा कुनै एक नेताको कारणलेमात्रै पार्टी पराजित नभएको पनि दाबी गरे । उनले ‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत् निर्वाचनमा हार व्यहारेको र हार्नुको कारणको खोजी हुन्छ ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्र बारेमा समिक्षा गरिने बताए ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
  • २०७४ पुष २४, ०९: १२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...

केसी र  महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
  • २०७४ पुष २४, ०९: १२

काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...

गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
  • २०७४ पुष २४, ०९: १२

काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...