राजनीतिभित्र अपराधिकरण भइरहेछः डा.कोइराला – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राजनीतिभित्र अपराधिकरण भइरहेछः डा.कोइराला

विराटनर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले राजनितीभित्र अपराधीकरण मौलाई रहेको बताएका छन्।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिज्ञ, ब्यावसायी र कर्मचारीहरु एक ठाउँमा उभिएकोले देशमा अपराधिकरण मौलाएको बताएका हुन्।

कोइरालाले भने ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब बिद्ययमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ।’

राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभुति गर्न नपाएको पनि कोइरालाले दाबी गरे।

उनले चारैतिरबाट देश संकटमा परेको भन्दै रेमिटेन्सले देश चलिरहेकोले देशको आर्थिक अवस्था राम्रो नभएको बताए।

‘मुलुक यस्तो गम्भीर अवस्थामा रहेकाले छ कि जति बेला पनी कोल्याप्स गर्न सक्छ’ कोइरालाले भने,‘ जब मानिसको सबै अङ्गले काम गर्न छोड्छ तब जति उपचार गरेपनि शरीर ठीक हुँदैन, देश हाल त्यही अवस्थामा पुगेको छ।’

डा. कोइरालाले वर्तमान सरकार लामो समय नटिक्ने चेतावनी समेत दिए। कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफुहरु सरकार ढाल्ने काममा पनि नलाग्ने बताए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ८, २३: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ८, २३: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार ८, २३: ११

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...