प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

दाङ । संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग फिल्मस् नेपालले उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै प्रियासनलाई उक्त पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं संचार क्षेत्रमा क्रियाशील छन् । रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् ।

प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्मातासमेत हुन् । उनीका ७ वटा गीतहरु रेकर्ड भएका छन् भने सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । प्रियासन जनसेवा पदकबाट विभुषित भइसकेका छन् ।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७८ कार्तिक २, १३: ३४

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७८ कार्तिक २, १३: ३४

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७८ कार्तिक २, १३: ३४

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...