टैगोरको १६२ औँ जन्मजयन्ती नेपालमा यसरी मनाइयो – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

टैगोरको १६२ औँ जन्मजयन्ती नेपालमा यसरी मनाइयो

नयाँ विकल्प,

काठमाडौं – भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा गुरुदेव रवीन्द्रनाथ टैगोरको १६२ औँ जन्मजयन्ती मनाइएको छ । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको आयोजनामा सोमबार राजदूतावासमा टैगोरको जन्मजयन्ती मनाइएको हो । आज आयोजित कार्यक्रमलाई भारत आजादीका अमृत महोत्सवकै एक हिस्सा रुपमा आयोजना गरिएको भारतीय राजदूतावासले जनाएको छ ।
कार्यक्रममा प्रेस सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव श्री नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गुर्नका साथै र आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गरे ।

यस्तै स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थिहरुले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए ।

केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले टैगोरको रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै, कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता वासु गौतमले शान्ति निकेतन शिक्षामा टैगोरको विचार शीर्षकमा अत्तरक्रियात्मक प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरु भारतीय डायस्पोराका सदस्यहरु र विद्धानहरुले सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ बैशाख २६, २२: २०

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ बैशाख २६, २२: २०

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७९ बैशाख २६, २२: २०

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...