नेकपा (माओवादी केन्द्र) विघटन भएको छैन ः नेता किराँती – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

नेकपा (माओवादी केन्द्र) विघटन भएको छैन ः नेता किराँती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले एमाले र माओवादीबीचको एकता गलत भएको बताएका छन् । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको आरोप लगाए ।
झण्डै आठ महिनाको लामो प्रयासपछि बिहीवार नेपालकै दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले ऐतिहाँसिक पार्टी एकता घोषणा गरेको भोलिपल्टै किराँतीले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । उनले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमन तथा भारतसम्म निर्लज्ज रुपमा आत्मसमर्पण गरेको समेत आरोप लगाए ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय भेला आयोजक समिती प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको किराँतीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अबका कामहरु कसरी बढाउने भन्ने एक पत्रकारको प्रश्नमा उनले, ‘राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिती गठन गर्ने र सर्वहारा वर्गको सेवामा आफ्नो पार्टी सँधै सर्मपित भैरहने र समाजवादी व्यवस्था लागु गर्ने कुरामा जोड रहने प्रतिकृया दिए ।’
विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न समेत सबैमा आग्रह पनि गरेका छन् । एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै प्रचण्ड नेतृत्वको माओवादीसँग आफूहरुले सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै उनले दुई लाइन संघर्षको लागि आठौं महाधिवेशनको माग गर्दा उल्टै निश्काशन गरिएको आरोप समेत लगाएका छन् । नेता किराँतीले एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन् भएको भनेर घोषणा गरेपनि माओवादी केन्द्र विघटन नभएको स्पष्ट पार्दै विचार, भावना र ईतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पूर्नगठन अभियानमा जुट्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ जेष्ठ ७, ०६: १८

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ जेष्ठ ७, ०६: १८

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७५ जेष्ठ ७, ०६: १८

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...